२ कार्तिक २०८१, शुक्रवार

निजी विद्यालयहरुलाई चर्को शुल्क नलिन नेविसंघको आग्रह

६ वैशाख २०८०, बुधवार
Image

झापा, ६ वैशाख । नेपाल विद्यार्थी संघ झापाले विद्यार्थी भर्ना गर्दा शुल्क घटाउन माग गरेको छ ।

मंगलवार बिर्तामोडमा संघले पत्रकार सम्मेलन गरेर देशमा आर्थिक संकट आएको भन्दै विद्यालयमा नयाँ विद्यार्थी भर्ना गर्दा चर्को मूल्य नलिन आग्रह गरेको हो ।

नेविसंघका झापा सभापति सञ्जय निरौलाले संस्थागत तथा सामुदायिक विद्यालयहरुले अभिभावकहरुलाई चर्को मुल्य नलिन चेतावनी दिएका छन् । उनले प्यावसनलाई खुलेरै मुल्य घटाइदिन अनुरोध समेत गरेका छन् ।

‘पैसाले गुणरुतरीय शिक्षा किन्न सकिदैन’, सभापति निरौलाले भने–‘सामुदायिक विद्यालयमा कक्षा–१२ सम्म निःशुल्क शिक्षा भनेको छ । तर, अंग्रेजी माध्यममा पढाइ गर्दैमा युकेजीको बच्चालाई पनि १ हजार फि लिएको भेटियो । विभिन्न नाममा विद्यालयले अभिभावकबाट पैसा असुल्न हुँदैन । सरकारको नीति अनुसार समान पूर्वक शिक्षा दिनु पर्छ ।’

उनले संस्थागत विद्यालयले व्यापार गरेको बताए । संस्थागत जस्तो सामुदायिक विद्यालयले त व्यापार गर्न नमिल्ने उनको तर्क छ । 

‘सामुदायिक विद्यालयका एउटै शिक्षक तीन वटा विद्यालयमा जागिर खान्छन्’, निरौलाले भने–‘निजीमा पनि खाने सरकारी पनि । यस्ता कुरामा राज्य गम्भीर बन्न पर्छ । डाक्टरको जस्तो व्यवहार शिक्षकले गर्न भएन । सार्टिफिकेट लिएर घरमा बसेका वेरोजगारहरुलाई पनि ठाउँ दिनु पर्छ ।’