७ कार्तिक २०८१, बुधवार

‘टोलका अध्यक्षसँग वडा कार्यक्रम’

वडाध्यक्षले भने–‘जनप्रतिनिधि र कर्मचारी सुध्रार्न के गर्नु पर्छ’

७ वैशाख २०८०, बिहिवार
Image

मेचीनगर, ७ बैशाख । स्थानीय तह–२०७९ को चुनाव जितेर आएपछि जनप्रतिनिधिहरु जनतासँग बोल्नै छाडेर छोटे राजा बन्न खोजी रहेको अवस्था छ । 

जनताले कार्यालयमा काम लिएर जाँदा पनि छोटे राजाहरु मुन्टो अर्कोतिर बटार्ने गरेको गुनासो व्यापक बढेको छ । कर्मचारीहरु त झन मैसासुर नै भएको जनताको भनाई छ । 

यस्तै जनताको गुनासोहरु धेरै बढेको महसुस गरेर मचीनगरको एउटा वडाध्यक्षले नयाँ जुक्ति निकालेका छन् । उनले आफ्ना वडामा रहेका सबै टोल अध्यक्षहरुलाई एकै ठाउँमा भेला गराए । 

अनि अध्यक्षहरुलाई वडाध्यक्षले सोधे जनप्रतिनिधि र कर्मचारीहरुले कसरी सुध्रनु पर्ने, सुध्रन के गर्न पर्ने वा नपर्ने यी विषयमा नाम नहाली लिखित जवाफ मागेका थिए ।

वडाध्यक्षको यो नौँलो अभ्यास वडा कार्यालयमा सुरु भएको छ । हेरौँ जनताका गुनासा जनप्रतिनिधि र कर्मचारीहरुले कतिको सुन्ने छन् । 

सधै प्राय फरक शैलीको काम गर्ने हुटहुटी भएका मेचीनगर नगरपालिका–२ का वडाध्यक्ष दिपक बरालले आफ्नो वडामा नयाँ कामको थालनी गरेका छन् ।

आफ्नो वडामा केहि गर्ने जोश र जागरका साथ वडाध्यक्षमा निर्वाचित भएर आएपछि उनले ठुलो काम त अहिलेसम्म केहि गर्न सकेका छैनन् । तर, पनि साना मसिना काम भने धेरै गरिसकेका छन् । त्यहि साना मसिना काम गरेर भएपनि समाजमा जनप्रतिनिधिको हैसियत बनाउँदै लगेका छन् ।

वडाध्यक्षमा निर्वाचित हुनुअघि उनी जेसीज र समाजसेवामा भिजेका युवा व्यवसायी हुन् । उनको स्वभाव झट्ट हेर्दा र सुन्दा रुखो बोली भएपनि यर्थातको पक्षमा जहिलै वकालत गर्ने एक इमानदार युवाको रुपमा परिचित छन् ।

कम्युनिष्ट विचारधारा बोकेका वडाध्यक्ष बरालले जनप्रतिनिधि भएको एकवर्ष हुँनै लाग्दा जनतासँग कसरी नजिक भएर काम गर्न सकिन्छ भन्ने उद्देश्यले नयाँ योजनाको सुरुवात गरेका हुन् । 

वडा नम्बर २ मा २९ वटा टोल विकास संस्था छन् । वडाध्यक्षले ती टोल विकास संस्थाका अध्यक्षहरुलाई एकै ठाउँमा राखेर जनताका कुरा बुझ्ने चेष्ठा गर्ने सोच बनाए । 

वडाध्यक्षले के गरिरहेको छ ? कर्मचारी के गर्दैछन् ? टोल विकासका अध्यक्षहरुको भनाई के छ ? यी यावत कुराहरु जनताले कसरी हेरिरहेका छन् भन्ने विषयमा ‘टोलका अध्यक्षहरुसँग वडा कार्यालय कार्यक्रम’ सुरु गरेका हुन् । 

उनले मंगलवार टोल विकासका अध्यक्षहरुलाई एक ठाउँमा राखेर समसामयिक विषयमा छलफल गरेका थिए । नाम उख्लेख नगर्ने शर्तमा टोलका अध्यक्षहरुलाई जनप्रतिनिधि, कर्मचारीले सुधार्नु पर्ने र यस आर्थिक वर्षमा टोलमा सम्पन्न भएका, हुँदै गरेका र उत्कृष्ट लागेका कामको विषयमा लिखित सुझाव दिन वडाध्यक्षले अनुरोध गरेका थिए ।

त्यस्तै उनले आउने आर्थिक वर्ष २०८०÷८१ मा गर्नु पर्ने महत्वपूर्ण योजनाहरुका बारेमा समेत लिखित जवाफ मागेका थिए ।

टोल विकासका अध्यक्षहरुले वडाध्यक्षले मोवाइल फोन धेरै प्रयोग गरेको । जस्मा वडामा सेवा लिन आएका सेवाग्राहीलाई वडाध्यक्ष फोनमा व्यस्त भएका कारण ध्यान दिन नसकेको, वडा सदस्यहरु वेनुकुमार राई, हरिनारायण न्यौपाने, डम्बरी वेडारी र सितादेवी तिम्सिना दर्जी कामप्रति गम्भीर नबनेको, कर्मचारीहरुले काममा ढिलासुस्ती गरेको र योजनाका कामहरु समयमा पुरा नभएकाले त्यस्ता विषयहरुमा सबैले सुध्रेर अघि बढ्नु पर्ने सुझाव दिएका थिए । 

अब सधै हरेक महिनाको ५ गते टोल विकास संस्थाका अध्यक्षहरुसँग वडाको विकास लगायतका अन्य समसामयिक विषयमा छलफल गरिने वडाध्यक्ष बरालको भनाई छ । नयाँ भवन बनेपछि भाडामा रहेको कार्यालयबाट सर्ने तयरीमा रहेको उनले बताए ।



लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।