२२ वैशाख २०८१, शनिवार

बन्द भएको ३४ बर्षपछि हाटबजार लाग्न सुरु

११ वैशाख २०८०, सोमवार
Image

झापा, ११ बैशाख । शिवसताक्षी नगरपालिका–९ मा बन्दभएको ३४ बर्षपछि हाटबजार लाग्न सुरु गरेको छ । 

विभिन्न कारण देखाउँदै २०४६ सालदेखि बन्द भएको आइतबारे हाट आइतबारदेखि लाग्न सुरु भएको हो । सो बजार २०४२ सालमा स्थापना गरी सञ्चालनमा ल्याइएको थियो । 

शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले स्थानीय क्षेत्रमा साप्ताहिक बजारको आवश्यकता भएको हुँदा हाटबजार सुरु गरेको बताउनुभयो । उहाँले स्थानीय उत्पादनलाई बजारीकरण गर्न र किसानको जीवनस्तर उकास्न बजारले सहयोग पुर्याउने बताउनुभयो । 

आइतबारे बजार व्यवस्थापन समितिका अध्यक्ष जयनारायण पौडेले बन्द भएको बजार सुचारु गर्न सबै क्षेत्रबाट पहल भएको बताउनुभयो । गाउँको बीचमा लाग्ने बजारले यस क्षेत्रका किसानलाई राहत पुर्याउने उहाँको भनाई छ । “यहाँ उत्पादित कृषिजन्य वस्तु बेच्न झिलझिले, दुधेलगायतका बजारमा पुग्नुपथ्र्यो”, उहाँले भन्नुभयो, “अब त्यो झन्झटबाट मुक्त हुनुको साथै बाह्य व्यापारीलाई समेत आकर्षित गर्न मद्दत पुग्छ ।

वडा नम्बर ९ का अध्यक्ष डिल्लीलाल फेम्बुले बजार क्षेत्रको जग्गा व्यक्तिको नामबाट नगरपालिकाको नाममा नामसारी गर्ने प्रक्रिया समेत अघि बढाइएको बताउनुभयो । उहाँले बजार क्षेत्रको जग्गा २०४२ सालमा स्थानीय छ जना दाताले प्रदान गरेको बताउनुभयो ।