१२ वैशाख २०८१, बुधवार

धुलाबारीमा कोशी प्रदेश स्तरीय भलिबल प्रतियोगिता

१२ वैशाख २०८०, मङ्गलवार
Image

मेचीनगर, १२ वैशाख । झापाको धुलाबारीमा कोशी प्रदेशस्तरीय खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

आगामी वैशाख २९, ३० र ३१ गते सञ्चालन हुने महिला भलिबल प्रतियोगितामा पहाडी जिल्ला दुई वटा, मोरङ, सुनसरी र झापाका टिम सहभागी हुने आयोजक गेम्स एन्ड स्पोर्टस् एकाडेमी मेचीनगरका संस्थापक गणेशविक्रम नेम्वाङले बताउनुभयो ।

उहाँले विजेता पहिलोलाई रु. ३० हजार, दोस्रोलाई रु. २० हजार र तेस्रोलाई रु. १० हजार नगद पुरस्कार दिइने जानकारी दिनुभयो ।

प्रतियोगिता लिगका आधारमा हुने बताइएको छ । सहभागी टिमलाई आउने जाने गाडीभाडा र बस्ने खाने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।