१६ चैत २०८०, शुक्रवार

उच्च ओहोदामा पुगेका पूर्व पदाधिकारीहरु सम्मानित

१३ वैशाख २०८०, बुधवार
Image

झापा, १३ बैशाख । मेची उद्योग बाणिज्य संघले विभिन्न उच्च ओहोदामा निर्वाचित संघका तीन पूर्व अध्यक्ष र एकजना महिला उपाध्यक्षलाई सम्मान गरेको छ ।

मंगलवार संघको सभाहलमा आयोजित कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित संघका पूर्व अध्यक्ष नरेन्द्रकुमार खड्का, कोशी प्रदेश सदस्यमा निर्वाचित निवर्तमान अध्यक्ष ऋषिराज तिम्सिना, आठ महिनाअघि अखिल नेपाल फुटबल महासंघ (एन्फा)को अध्यक्ष निर्वाचित पूर्व अध्यक्ष पंकजविक्रम नेम्बाङलाई स्वागत तथा सम्मान गरेको हो ।

त्यस्तै कोशी प्रदेको सामाजिक विकास मन्त्रालयले यही बैशाख ६ गते सफल उद्यमी महिला उपाध्यक्ष निर्मला चौहान भण्डारीलाई रु. ५० हजार नगदसहित उत्कृट महिला उद्यमीको रुपमा सम्मान गरेको थियो । संघले उपाध्यक्ष भण्डारीलाई पनि सम्मान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी हुनुहुन्थ्यो । 

कार्यक्रममा निवत्र्तमान नगरप्रमुख विमल आचार्य, उपमेयर मीना पोखरेल उप्रेती, नेपाल उद्योग बाणिज्य महासंघ केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ, मेची उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष पन्नालाल जैन लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । 

मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्रीले र सञ्चालन महासचिव दिनेश शाक्यले गर्नु भएको थियो ।