१६ चैत २०८०, शुक्रवार

विषादी बिक्रेतालाई तालिमसँगै परीक्षा

१३ वैशाख २०८०, बुधवार
Image

बनियानी, १३ वैशाख 

झापामा खुद्रा विषादी बिक्रेताहरूलाई तालिम आयोजनासँगै परीक्षा पनि लिइएको छ । खुद्रा विषादी बिक्री गर्ने तर बिक्रीको इजाजतपत्र नभएका व्यवसायी र नयाँ व्यवसाय गर्न इच्छुक ५८ जनालाई छ दिने तालिम प्रदान गरिएको कृषि ज्ञानकेन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।

सहभागीलाई जीवनाशक विषादी व्यवस्थापन ऐन, विषादीको वर्गीकरण, प्रकार, खाद्यबस्तुमा विषालुपना, बालीमा लाग्ने रोगकीरा, विषादीको सुरक्षित प्रयोग, भण्डारण, ओसारपसार, बिक्री वितरण र विर्सजनका विषयमा तालिम प्रदान गरिएको उहाँले बताउनुभयो । “कतिपयले जानी नजानी प्रतिबन्धित र हानिकारक विषादी बेचिरहेका छन्”, प्रमुख विष्टले भन्नुभयो, “इजाजतपत्र नभएकालाई इजाजत दिएर व्यवस्थित रुपमा विषादी बिक्रीवितरण गराउन तालिमसँगै परीक्षाको व्यवस्था गरिएको हो ।” यही वैशाख ३ गतेदेखि ८ गतेसम्म सञ्चालित तालिमपछि काठमाडौँको हरिहर भवनस्थित प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले ८ गते नै परीक्षा लिएको थियो। दुई साताभित्र परीक्षाको नतिजा आउने र परीक्षामा उत्तीर्ण भएकाहरुलाई मात्र इजाजतपत्र प्रदान गरिने जनाइएको छ ।