१५ वैशाख २०८१, शनिवार

महिला गोल्डकप : आयोजक फाइनलमा

१३ वैशाख २०८०, बुधवार
Image

बिर्तामोड, १३ बैशाख । आयोजक ‘अल इन वान’ क्लब प्रदेशस्तरीय महिला गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा मिक्लाजुङ गाउँपालिका मोरङलाई ५–१ गोल अन्तरले पराजित गर्दै आयोजक ‘अल इन वान’ फाइनलमा प्रवेश गरेको हो । 

बिर्तामोड–१० सैनिकबजार स्थित महेन्द्र ज्योति माविको मैदानमा भएको खेलमा आयोजकलाई जित दिलाउन २१ औं मिनेटमा लक्ष्मी श्रेष्ठले पहिलो गोल गरिन् । त्यस्तै २८ औं र ४८ औँ मिनेटमा सविता मगरले थप २ गोल गरिन् । 

यस्तै आयोजकका लागि अनिता लम्जेलले खेलको ५३ औँ मिनेटमा चौथो गोल गरिन् । उसका लागि ५ औं गोल खेलको इन्जुरी समयमा मेनुका मगरले गरेकी थिइन् । 

खेलमा मोरङले एक गोल फर्काको थियो । उसका लागि ४९ औं मिनेटमा बिष्णु सम्वाहाम्फेले एक गोल गरिन् । 

बुधवारको खेलमा आयोजककी सविता मगर ‘प्लेयर्स अफ द म्याच’ घोषित भइन् । उनले नगद ३ हजार पुरस्कार पाइन् । 

प्रतियोगितामा विहीबार नमोबुद्ध युवा क्लब सप्तरी र गाईघाट फुटबल क्बल उदयपुरबीच दोस्रो सेमिफाइनल खेल हुने छ । 

विहीबारको खेलको विजेतासँग आयोजक ‘अल इन वान’ले आउँदो शनिबार फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।