१२ साउन २०८१, शनिवार

झाउबासंघको साधारणसभा

व्याज नघटाए आन्दोलन हुन्छ : उपाध्यक्ष वैद्य

१४ वैशाख २०८०, बिहिवार
Image

भद्रपुर, १४, बैशाख । नेपाल उद्योग बाणिज्य महासंघका नगर÷जिल्लाका उपाध्यक्ष सुरकृष्ण वैद्यले उद्योगी–व्यापारीहरुको अवस्था नाजुक भएकोले बैँकहरुले वृद्वि गरेको व्याज नघटाए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

आज भद्रपुमा झापा उद्योग बाणिज्य संघको ५४ औँ साधारण सभा तथा २४ औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले त्यस्तो कुरा बताएका हुन् ।

उनले उद्योगी–व्यापारीहरुको अवस्था डामाडोल भएकोले ६ महिनादेखि बैँकले वृद्वि गरेको व्याज नघटाए महासंघको नेतृत्वमा अब चाँडै आन्दोलनको कार्यक्रम घोषणा गरिने बताए ।

यसअघि शाखाहरुले गर्दै आएको चरणबद्व आन्दोलनलाई राज्यले व्यवस्था गरेको कारण अब महासंघको अगुवाईमा आन्दोलनको तयारी गरिएको उनको भनाई छ ।

कार्यक्रममा प्रमुख अतिथि वैद्य, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेल, उपमेयर राधा कार्की, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, नरेन्द्रकुमार खड्का, कृतिपुर उद्योग बाणिज्य संघकी अध्यक्ष राज्यलक्ष्मी शाक्य, झापा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्र घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

पत्रकारसहित पूर्व अध्यक्षहरु सम्मानित

कार्यक्रममा पत्रकारसहित संघका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा पत्रकार राजवावु शंकर, संघका पूर्व अध्यक्षहरु राजेन्द्र घिमिरे, राजकुमार अग्रवाल, उमेश डालमिया, महाविरप्रसाद गोयल लगायतलाई सम्मान गरिएको थियो । संघले पत्रकार राजवावु शंकरलाई नगद पाँच हजार ५ सयले पुरस्कृत गरेको छ ।

कार्यक्रममा झापा उद्योग बाणिज्य संघका अध्यक्ष नवराज पनेरु(राजु)ले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संघका अध्यक्ष नवराज पनेरुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत विशिष्ट सदस्य अजय साहेवालाले र सञ्चालन महासचिव पंकजकुमार शर्माले गरेका थिए ।

संघको नयाँ नेतृत्व चयनका लागि यही बैशाख २८ गते अधिवेशन हुने बताइएको छ ।




लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।