७ वैशाख २०८१, शुक्रवार

फोटोमा हेरौं

राम्रो देखियो ‘महेन्द्र पार्क’

१९ वैशाख २०८०, मङ्गलवार
Image

भद्रपुर, १९ वैशाख । युवावस्थामा चन्द्रगढीको महेन्द्र पार्क नघुम्नेहरु अहिलेका पाकाहरु कमै होलान् ।

वि.सं. २०२८ सालमा बनेको र २०४६ साल अघिसम्म झापाकै सबैभन्दा उत्कृष्ट पर्यटकीय गन्तब्यको रुपमा चिनिएको यो पार्क बहुदलीय प्रजातन्त्र आएपछि अनाहकै राजनीतिक द्वन्द्वको शिकार बन्यो । २०६२/०६३ को जनान्दोलनपछि त बिजोग नै भयो ।

तर, अहिले यो पार्क पुनरुत्थान भइरहेको छ । क्यामेलिया र गुलाबका फुलहरु फेरि फुल्न थालेका छन् । सल्लोको बोन्साई पोथ्राहरु चिटिक्क परेर पर्यटकलाई पर्खिरहेका छन् । साँझ र विहान पर्यटकको घुइँचो लाग्न थालेको छ ।

पार्कको काचुली फेर्नुको श्रेय भद्रपुर नगरपालिका र त्यहाँको वडा नं. ८ का अध्यक्ष गौरव सुब्बालाई जान्छ । पर्खाल र प्रवेशद्वार रंगरोगन भइसकेका छन् । अब पानीको फोहोरा खुलाउन मात्र बाँकी छ । 

कस्तो बनिरहेको छ त महेन्द्र पार्क, हेरौं–