१५ चैत २०८०, बिहिवार

सामान्य अवरोधले रोकिएन विर्तामोडको डोजर

८ जेठ २०८०, सोमवार
Image

विर्तामोड, ८ जेठ । विर्तामोड नगरपालिकाले बुधबारे हटियाका टहरा लगायतका संरचना हटाउन आज दिउँसो डोजर चलाउँदा सामान्य अवरोध प्रयास भएको थियो ।

नगरको डोजर पसल भत्काउन अघि बढेपछि विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने लगायतका व्यवसायी अगुवाहरु डोजरमा चढेर चालकलाई गाडी अघि नबढाउन दवाव सिर्जना गरेका थिए ।

तर, नगरको डोजर रोकिएन । बरु सात वटा डोजर बुधवारे हटियामा एकसाथ एक्सनमा उत्रिएपछि वाणिज्य संघका नेताहरु पछि हटेका थिए ।

सुरुमा स्थानीय पसल सञ्चालकहरु पनि डोजर रोक्ने प्रयासमा लागेका थिए । डोजर नरोकिएपछि व्यवसायीहरु आफ्ना सामान पोको पारेर सिटी रिक्सामा हाली सुरक्षित स्थानमा सार्न बाध्य भएका थिए ।

केही व्यवसायीले एउटा डोजरमा ढुंगा हानी सिसा फुटाएका थिए ।

विर्तामोड–५ स्थित बुधवारे हटियामा १९४ वटा पसल रहेका थिए । मध्याह्नदेखि चलेका डोजरले अधिकांश पसल भत्काइसकेका छन् ।