१२ वैशाख २०८१, बुधवार

झापा कारागारबाट पन्ध्र कैदी छुटे

१५ जेठ २०८०, सोमवार
Image

मेचीनगर, १५ जेठ । झापा कारागारका १५ जना कैदीले मिनाहा पाएका छन् ।

गणतन्त्र दिवसको अवसर पारेर सरकारले देशभरका कैदीहरुलाई बाँकी सजाय मिनाहा गर्दा झापाका कैदीले समेत मिनाहा पाएका हुन् ।

कारागारमा रहेर ५० प्रतिशत कैद सजाय बिताइसकेका र पाको उमेर भएकालाई सरकारले राष्ट्रिय दिवसहरुमा सजाय मिनाहा गर्ने प्रचलन छ ।

कारागारका प्रमुख मोहन पनेरुले मिनाहा पाएका कैदीहरुलाई आज विहान रिहा गरिएको बताउनुभयो ।