४ वैशाख २०८१, मङ्गलवार

समाचार प्रभाव

रामघाटको चौतारोमा अलपत्र वृद्धको उद्धार

१६ जेठ २०८०, मङ्गलवार
Image

मेचीनगर, १६ जेठ । धुलाबारीको रामघाटस्थित चौतारोमा अलपत्र ८० वर्षीय बाबुराम सुबेदीको उद्धार भएको छ ।

खाना र औषधिको अभावमा थलिएर मरणासन्न अवस्थामा पुगेका वृद्धलाई हाम्रो अभियान नेपाल नामक संस्थाले उद्धार गरी विराटनगरको मानव आश्रममा राखेको छ ।

गत जेठ ८ गते वृद्धको दयनीय अवस्था बारे लोकतन्त्र पोस्टमा समाचार प्रकाशित भएको थियो । समाचार पढेर वृद्धको उद्धार गरेको अभियानका संयोजक नरेश मोहराले बताउनुभयो ।

भारतको सिक्किमस्थित सिम्ताङको जिरोमाइल घर बताउने ८० वर्षीय वृद्धले आफ्नो नाम बाबुराम सुबेदी बताउँछन् ।

उद्धार कार्यमा मेचीनगर वडा नंं १० का वडाध्यक्ष नारायण खनाल, इलाका प्रहरी कार्यालय धुलाबारीले समेत सहयोग पुर्याएको मोहराले बताए ।

(यो पनि पढ्नुहोस् प्रहरी कार्यालयकै अगाडि वेवारिसे भए विरामी)