११ वैशाख २०८१, मङ्गलवार

संघीय बजेट

दमकलाई सबैभन्दा धेरै, हल्दिबारीलाई थोरै

१६ जेठ २०८०, मङ्गलवार
Image

मेचीनगर, १६ जेठ । संघीय सरकारले दमक नगरपालिकालाई झापाका पालिकामध्ये सबैभन्दा धेरै बजेट पठाएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार संघीय संसद्मा प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०८०÷०८१ को बजेट अनुसार जिल्लाका नगरपालिकामध्ये दमकलाई सबैभन्दा धेरै र गाउँपालिकामध्ये कमललाई सबैभन्दा धेरै बजेट परेको हो ।

सबैभन्दा थोरै बजेट पाउनेमा हल्दिबारी गाउँपालिका रहेको छ । नगरपालिकामध्ये सबैभन्दा थोरै बजेट कनकाईले पाएको देखिन्छ । 

संघीय सरकारले स्थानीय सरकारलाई अन्तरसरकारी वित्तीय हस्तान्तरण शीर्षकबाट बजेट विनियोजन गर्दछ । झापामा यस्तो बजेट सात अर्ब ७९ करोड दुई लाख रुपैयाँ परेको छ ।

हेर्नुहोस् बाँडफाँट 

दमक नगरपालिका ः रु. ९५ करोड ८९ लाख 

कमल गाउँपालिका ः रु. ४६ करोड ३६ लाख 

मेचीनगर नगरपालिका ः रु. ९१ करोड ५५ लाख

विर्तामोड नगरपालिका ः रु. ८८ करोड ८३ लाख

शिवसताक्षी नगरपालिका ः रु. ५५ करोड ८५ लाख

भद्रपुर नगरपालिका ः रु. ५० करोड ९४ लाख

गौरादह नगरपालिका ः रु. ५० करोड ९२ लाख

अर्जुनधारा नगरपालिका ः रु. ४७ करोड १६ लाख

कनकाई नगरपालिका ः रु. ३८ करोड १८

कचनकबल गाउँपालिका ः रु. ४० करोड २५ लाख

बुद्धशान्ति गाउँपालिका रु. ३८ करोड तीन लाख

झापा गाउँपालिका रु. ३५ करोड ३७ लाख

गौरीगञ्ज गाउँपालिका ः रु. ३४ करोड २७ लाख

बाह्रदशी गाउँपालिका ः रु. ३४ करोड नौ लाख

हल्दिबारी गाउँपालिका ः रु. ३१ करोड ३३ लाख