१३ वैशाख २०८१, बिहिवार

संघीय बजेट : दमकले उछिन्यो मेचीनगरलाई

१६ जेठ २०८०, मङ्गलवार
Image

मेचीनगर, १६ जेठ । संघीय सरकारबाट झापाका पालिकाहरुले पाउने बजेटमा यसपाली मेचीनगरलाई दमकले उछिनेको छ ।

मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा ९१ करोड ५५ लाख रुपैयाँ बजेट पाउने भएको छ । जबकि दमक नगरपालिकाले ९५ करोड ८९ लाख रुपैयाँ पाउनेछ ।

चालू आर्थिक वर्ष २०७९/०८० मा दमकभन्दा मेचीनगरले बढी बजेट पाएको थियो । चालू आवमा मेचीनगरमा ८३ करोड ५८ लाख रुपैयाँ र दमकले ७१ करोड ५१ लाख रुपैयाँ बजेट पाएको थियो ।