१६ चैत २०८०, शुक्रवार

गर्मीले मेचीनगर र कचनकबलका विद्यालय बन्द

१८ जेठ २०८०, बिहिवार
Image

मेचीनगर, १८ जेठ । अत्यधिक गर्मीका कारण झापाको मेचीनगर र कचनकबल पालिकाले विद्यालय बन्द गरेका छन्।

मेचीनगरको शिक्षा शाखाले आज विहान सार्वजनिक सूचना जारी गर्दै आज र भोलि गरी दुई दिन विद्यालय बन्द हुने जानकारी गराएको छ ।

कचनकबलकी प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले सूचना जारी गर्दै आजदेखि पाँच दिन विद्यालयको पठनपाठन बन्द हुने जनकारी गराएकी छन् ।

वुधवार झापाको औसत तापमान ४० डिग्री सेल्सियस रहेको थियो ।