१५ चैत २०८०, बिहिवार

गर्मीका कारण झापामा एक बृद्धको मृत्यु

२२ जेठ २०८०, सोमवार
Image

झापा, २२ जेठ । झापामा अत्याधिक गर्मीका कारण एकजना बृद्धकोे आइतबार मृत्यु भएको छ । 

मृत्यु हुनेमा दमक नगरपालिका–८ का ७८ बर्षीय मोतिराज राई रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दिउँसो घाँस काट्न मकै बारीमा पुग्नु भएका उहाँ अत्याधिक गर्मीका कारण ढल्नु भएको थियो ।  घटनास्थलमै उहाँको मृत्यु भएको छ वडाध्यक्ष दीपेश दाहालले बताउनुभयो । 

उहाँको शवलाई पोष्टमार्टमका लागि दमक अस्पतालमा राखिएको उहाँले जानकारी दिनुभयो ।

झापामा एक हप्तादेखि दैनिक ४० देखि ४१ डिग्री सेल्सियस तापक्रम रहेको छ । पन्ध्र पालिकाले गर्मीका कारण बर्षे विदाबाट कट्टी हुने गरी विद्यालय विदा गरेका छन् ।