८ वैशाख २०८१, शनिवार

कोशी प्रदेश

माओबादीले साथ छाडेपछि कार्की नेतृत्वको सरकार अल्पमतमा

२३ जेठ २०८०, मङ्गलवार
Image

विराटनगर, २३ जेठ । नेकपा एमालेको नेतृत्वमा गठित कोशी प्रदेशको सरकार अल्पमतमा परेको छ ।

सत्ता साझेदार दल नेकपा माओबादीले आज सरकारलाई दिएको समर्थन फिर्ता लिदै मन्त्रीहरुलाई समेत फिर्ता बोलाएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वको सरकार अल्पमतमा परेको हो ।

तर, मुख्यमन्त्री कार्कीले राप्रपाको साथ पाइरहेका कारण विश्वासको मत लिने आँट गरेको छ । मुख्यमन्त्री कार्कीले आज पत्रकारहरुसँग कुराकानी गर्दै विश्वासको मत लिइने बताउनुभयो ।

कोशी प्रदेशमा माओवादी केन्द्रभन्दा अघि जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । 

सरकारका प्रवक्ता एवं कृषिमन्त्री तथा राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले विश्वासको मत लिन प्रयास गरिने बताउनुभयो । 

उता, एमाले नेतृत्वमा गठित सरकार अल्पमतमा परेपछि नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्र दुबैले सरकारको भावी नेतृत्वमा दावी गरेका छन् । नेकपा एस चाहिँ माओबादीको पक्षमा उभिएको छ ।