१३ वैशाख २०८१, बिहिवार

कोशी प्रदेश नामाकरण

अराजक गतिविधिलाई छुट दिदैनौं ः गृहमन्त्री

२६ जेठ २०८०, शुक्रवार
Image

झापा, २६ जेठ । प्रदेशको नामाकरणको विरोधमा पहिचान पक्षधरहरुबाट सञ्चालित आन्दोलनका क्रममा अराजक गतिविधि बढेको भन्दै सरकारले सह्य नहुने चेतावनी दिएको छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज प्रतिनिधिसभामा बोल्दै आन्दोलनमा नाममा हुने अराजक गतिविधि सैह्य नहुने बताउनुभयो ।

कोशी प्रदेशको नामलाई लिएर भइरहेको आन्दोलनका क्रममा आफ्ना नेता कार्यकर्तामाथि आक्रमण भएपछि एमालेले सरकारको जवाफ मागेको थियो । 

शुक्रबार संसदको बैठक सुरु भए लगतै एमाले सचिव योगेश भट्टराईले आन्दोलनका नाममा सत्तारुढ दलका नेता कार्यकर्ता नै आफूहरुसँग भिड्न आएको त होइन भन्दै प्रश्न गर्नु भएको थियो ।

लगतै गृहमन्त्री श्रेष्ठले शान्तिपूर्ण रुपमा आफ्नो विचार र दृष्टिकोण राख्ने सुविधा सबैलाई हुने बताउनुभयो । तर अराजक गतिविधिलाई कुनै हालतमा सरकारले छुट दिने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘संविधान र कानुनलाई हातमा लिने, अराजक गतिविधि गर्ने, सार्वजनिक सम्पत्ति वा संस्थाहरुको सुरक्षमा चुनौती उत्पन्न गर्ने वा व्यक्ति नेताहरुको सुरक्षामा थ्रेट उत्पन्न गर्ने कुनै पनि गतिविधिलाई सरकार छुट दिन सक्दैन ।’

आफ्ना गतिविधिका कारण आन्दोलनका नाममा अराजक र उद्दण्ड कामलाई प्रोत्साहन नहोस् भन्नेमा सबै सचेत हुनुपर्नेमा समेत उहाँको जोड थियो ।