१२ साउन २०८१, शनिवार

सन्थाल आवासका लागि आयो दुई करोड

२८ जेठ २०८०, आइतवार
Image

बनियानी, २८ जेठ । भद्रपुर नगरपालिकामा सन्थाल आवास निर्माणका लागि सङ्घीय सरकारले दुई करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

विपन्न आदिवासी सन्थाल समुदायको घर निर्माणका लागि आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय सरकारबाट विशेष अनुदानस्वरुप उक्त रकम आएको भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले जानकारी दिनुभयो ।

उक्त रकमबाट करिब एक सय घर निर्माण गर्न सकिने उहाँले बताउनुभयो । प्राप्त बजेटसँगै लाभग्राहीबाट केही लागत सहभागितासमेत गरी घर निर्माण गर्ने योजना रहेको उहाँले बताउनुभयो । 

भद्रपुर नगर क्षेत्रमा ६ सय ३४ घर आदिवासी सन्थाल समुदायको बसोबास रहेको नगरप्रमुख गणेश पोखरेलले बताउनुभयो । उहाँले एक महिला, आर्थिक अवस्था लगायतका आधारमा मापदण्ड बनाएर प्राथमिकताका आधारमा घर निर्माण गरिने बताउनुभयो ।

(रासस)