२२ वैशाख २०८१, शनिवार

काँग्रेस रुपान्तरण अभियान

काँग्रेस सुधार्न पूर्वबाट आन्तरिक विद्रोह

२९ जेठ २०८०, सोमवार
Image

मेचीनगर, २९ जेठ । नेतृत्वलाई दवाव दिन काँग्रेस रुपान्तरण अभियान पूर्वबाट सुरु भएको छ ।

आज धुलाबारी स्थित काँग्रेसको क्षेत्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा काँग्रेस रुपान्तरण अभियानका नेता एवम् काँग्रेस खोटाङ जिल्लाका पूर्व सभापति सुवास पोखरेलले बिग्रीएको काँग्रेसलाई सुधार्न पूर्वबाट आन्तरिक विद्रोह सुरु गरेको दावी गरे ।

‘काँग्रेस (संस्था) बिग्रीएको छैन’, पोखरेलले भने–‘पात्रहरु खराव भएकाले काँग्रेस राम्रो बनाउन दवाव दिने उद्देश्यले पूर्वबाट काँग्रेस रुपान्तरण अभियान सुरु गरेका हौँ ।’

उनका अनुसार काँग्रेसका महामन्त्रीहरु विश्वप्रकाश शर्मा, गगन थापा पनि सच्चिनु पर्छ । 

‘उहाँहरुले ढेड वर्ष भयो केन्द्रीय समितिको वैठक डाक्नु भएको छैन । १३ बुँदे नीति कार्यान्वयन अहिलेसम्म उहाँहरुले गर्नसक्नु भएको छैन’–उनले भने ।

कार्यक्रममा काँग्रेस कोशी प्रदेश सदस्य विमल आचार्यले काँग्रेसमा अहिले विश्वास गुमेको अवस्था रहेको बताए । यो अभियानले नेतृत्वलाई झकझकाउने काम पक्कै गर्ने उनको भनाई छ ।

कार्यक्रममा काँग्रेस झापा क्षेत्र नं. ५ का महाधिवेशन प्रतिनिधि अनिलकृष्ण प्रसाईले अहिलेसम्म विपी कोइरालाको सैदान्तिक विचार कसैलेपनि आत्मसाथ नगरेको दावी गरे । उनका अनुसार काँग्रेसको पुरानो साख फर्काउन यो अभियान थालनी गरिएको हो ।

पत्रकारहरुको प्रश्नको जवाफ अभियानका नेता पोखरेलले दिएका थिए । यहि जेठ ३१ गते इटहरीमा अभियानका नेता गुरु घिमिरेको नेतृत्वमा काँग्रेस रुपान्तरण अभियान सुरु गरिने जनाइएको छ ।

कार्यक्रममा काँग्रेस मेचीनगर सभापति सुदय पनेरुले काँग्रेस पार्टीलाई जस्ले राम्रो बनाउछ उसैतिर लाग्ने बताए ।

कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरु बालाजित राई, शोभा श्रेष्ठ, बालाजित राई, नेविसंघका झापा सभापति सञ्जय निरौला, नगर सचिव मनोज घिमिरे लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

पत्रकार सम्मेलनको सञ्चालन काँग्रेस कोशी प्रदेश सदस्य उत्तमबहादुर चौलागाईले गरेका थिए ।




लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।