१२ साउन २०८१, शनिवार

नेपाललाई हेप्ने ‘आदिपुरुष’को प्रदर्शन रोकियो

४ असार २०८०, सोमवार
Image

झापा, ४ असार । नेपालकी छोरी सीतालाई भारतीय भन्ने हिन्दी सिनेमा ‘आदिपुरुष’ र नेपाल नै सन् १९०३ भन्दा अघि भारतकै थियो त्यसका निर्देशकको अभिव्यक्तिले नेपाली दर्शकलाई क्रोधित तुल्याएको छ ।

चौतर्फी दवाव बढेपछि फिल्मको नेपाल वितरण कम्पनी ब्यांकटेस फिल्म्सले सोमबारदेखि देशव्यापी प्रदर्शन रोक्ने निर्णय गरेको छ । 

कम्पनीका निर्देशक मनोज राठीले देशव्यापी रुपमै हलबाट फिल्म प्रदर्शन रोक्ने निर्णय भएको बताए । निर्णयपछि सबैतिर फिल्मको प्रदर्शन रोकिएको छ ।