१२ साउन २०८१, शनिवार

पत्रकार पोखरेललाई द्रोणाचार्य क्षेत्री पुरस्कार

६ असार २०८०, बुधवार
Image

झापा, ६ असार । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश पोखरेललाई द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।

जनपक्षीय नेता द्रोणाचार्य क्षेत्रीको स्मृतिमा प्रेस चौतारी झापाले स्थापना गरेको सो पुरस्कार ५१ हजार रुपैयाँको रहेको छ । पोखरेल रेडियो भिजनका प्रबन्ध निर्देशक तथा प्रेस काउन्सिलका सदस्य हुनुहुन्छ ।

क्षेत्रीको आज ३० स्मृति दिवस हो । यही अवसरमा काँकरभिट्टामा एक कार्यक्रमबीच पुरस्कार वितरण गरिने चौतारीका झापा अध्यक्ष मनकुमार गदालले बताउनुभयो ।

यो  पुरस्कारबाट लीला बराल, शिव गाउँले, माधव बिद्रोही र रघु मैनाली पुरस्कृत भइसक्नुभएको छ । 

प्रेस चौतारी झापाले राइजिङ स्टार युवा पत्रकारिता प्रोत्साहन पुरस्कारबाट तीनजना नवोदित पत्रकारहरु सुदिप अधिकारी, अस्मिता अधिकारी र तिलक योञ्जन सम्मानित हुने भएका छन् ।