३ असोज २०८१, बिहिवार

अहिले भर्खरै

पेट्रोलको भाउ साढे ७ रुपैयाँले घट्यो

१८ असार २०८०, सोमवार
Image

झापा, १८ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ ।

भारतबाट मूल्य घटेर आएको जनाउँदै सोमवार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर क्रमश ः ७ रुपैयाँ ५० पैसाका दरले दाम घटेको छ ।

अब पेट्रोल प्रति लिटर १६७ रुपैयाँ ५० पैसामा पाइने भएको छ भने अब डिजेल र मट्टितेल १४७ रुपैयाँ ५० पैसाका दरले विक्री हुने भएको छ । निगमले आज विज्ञप्ति जारी गर्दै दाम घटाइएको जानकारी दिएको हो । 

प्रति लिटर मूल्य पहिलो वर्गको डिपोका लागि मात्र हो । अरु डिपोमा फरक दाम तय गरिएको छ । पहिलो वर्गको डिपोमा चारआली, विराटनगर, जनकपुर, वीरगञ्ज, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र धनगढी पर्दछन् ।

खाना पकाउने ग्यासको मूल्य भने स्थिर छ ।