२ कार्तिक २०८१, शुक्रवार

शिवाकोटीले आजदेखि सम्हाले एनएमसीको बागडोर

३० असार २०८०, शनिवार
Image

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को नयाँ कार्यसमितिले आजदेखि औपचारिक रुपमा पदभार ग्रहण गरेको छ ।

विर्तामोडको बिर्ता पार्टी प्यालेसमा आज दिउँसो आयोजित एक समारोहमा नवनिर्वाचित अध्यक्ष ठाकुरप्रसाद शिवाकोटी लगायत कार्य समितिले सपथग्रहणसहित पदभार सम्हालेको थियो ।

यही जेठमा नयाँ कार्य समितिको निर्वाचन भएको थियो । संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीले अहिलेसम्म संस्थाको नेतृत्व गर्दै आउनु भएको थियो । अब शिवाकोटी नेतृत्वको समितिले एनएमसीको सञ्चालन गर्नेछ ।

समितिको वरिष्ठ उपाध्यक्षमा भगवती घिमिरे, उपाध्यक्षमा विष्णु गौतम, सचिवमा विकास उप्रेती, सहसचिवमा अम्बिकाप्रसाद ढकाल र सदस्यहरुमा राजु उप्रेती, पवित्रा न्यौपाने, हरिप्रसाद आचार्य, कुन्तादेवी खनाल, रामप्रसाद भट्टराई, सीताकुमारी श्रेष्ठ, दुर्गाप्रसाद भट्टराई, सावित्रा दाहाल, देवीप्रसाद उप्रेती र प्रेमप्रसाद मैनाली सर्वसम्मत चयन हुनुभएको छ ।

लेखा सुपरीवेक्षण समितिको संयोजकमा रचना दाहाल र सदस्यमा फाल्गुणी दाहाल र एकेन्द्र उप्रेती चयन हुनुभएको छ ।

निवत्र्तमान अध्यक्ष रामचन्द्र उप्रेती संस्थाको नयाँ व्यवस्था अनुसार कार्य समितिको वरिष्ठ सदस्यको रुपमा हुनुहुन्छ ।