२३ भदौ २०८१, आइतवार

थाहा पाउनु भयो, पेट्रोल–डिजेलको भाउ घट्यो

१ साउन २०८०, सोमवार
Image

झापा, १ साउन । नेपालमा पेट्रोल, डिजेल लगायत पेट्रोलियम पदार्थको भाउ लगातार घटेको छ ।

असार ३१ देखि नै लागू हुनेगरी झापा लगायत तराईका जिल्लाहरुमा पेट्रोलको मूल्य प्रतिलिटर १६१ रुपैयाँ ५० पैसा निर्धारण गरिएको नेपाल आयल निगमले जनाएको छ ।

यसअघि पेट्रोलको भाउ प्रतिलिटर १६७ रुपैयाँ ५० पैसा थियो ।

डिजेलको भाउ घटेर प्रतिलिटर १४३ रुपैयाँ ५० पैसामा झरेको छ भने यसअघि यसको दाम प्रतिलिटर १४७ रुपैयाँ ५० पैसा थियो ।

निगमले असार ३१ गते मध्यरातदेखि पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित प्रणाली लागू गरेको जनाएको छ । 

यो स्वचालित प्रणाली भनेको निश्चित नाफा तोक्ने र भारतबाट आउने दररेटमा त्यो नाफा जोडेर उपभोक्तालाई बेच्ने प्रणाली हो । 

निगमले पेट्रोलमा अढाई प्रतिशत र डिजेलमा दुई प्रतिशत नाफा तोकेको छ भने खाना पकाउने एलपी ग्यासमा अहिले नाफा नराखी विक्री गरिने जनाएको छ ।

निगमले लामो समयदेखि नाफा कमाउँदा अहिले बिगतको घाटापूर्ति भइसकेको समेत जनाइएको छ ।