९ मंसिर २०८१, आइतवार

मेची भन्सारमा अघिल्लो वर्षभन्दा कम उठ्यो राजस्व

१ साउन २०८०, सोमवार
Image

मेचीनगर, साउन  मेची भन्सार कार्यालयले गत आर्थिक वर्षको तुलनामा आव २०७९/०८० मा साढे तीन अर्ब रुपैयाँ कम राजस्व असुली गरेको

कार्यालयले आव २०७९/०८० मा १४ अर्ब चार करोड ७५ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन गरेको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताउनुभयो

जबकि, आव आव २०७८/०७९ मा मेची भन्सारले १७ अर्ब ५३ करोड १९ लाख २८ हजार रुपैयाँ राजस्व असुली गरेको थियो

आव २०७८/०७९ को तुलनामा आव २०७९/०८० मा राजस्व संकलनमा तीन अर्ब ४८ करोड ४३ लाख ८९ हजार रुपैयाँले कमी आएको  

लक्ष्यमा पनि चुक्यो मेची भन्सार

मेची भन्सार कार्यालय भन्सार असुलीका लागि आफैले राखेको लक्ष्य प्राप्तिमा नराम्ररी चुकेको

भन्सारले आव २०७९/०८० मा २० अर्ब २४ करोड १८ लाख ३३ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको थियो

लक्ष्यको तुलनामा मेची भन्सारले अर्ब १९ करोड ४२ लाख ९४ हजार रुपैयाँ कम राजस्व असुलेको हो लक्ष्यको तुलनामा यो असुलीको प्रगति ६९ दशमलब ४१ प्रतिशत मात्र हो

किन घट्यो राजस्व

भन्सारमा राजस्व घट्नुका केही कारणहरु रहेको जानकारहरु बताउँछन्  

पहिलो कुरा मुलुक आर्थिक मन्दीबाट गुज्रिरहेको व्यापार सुस्त भएको यस्तो अवस्थामा आयात निर्यात दुबै खालका व्यापारमा कमी आउँछ अहिले भन्सारमा राजस्व घट्नुमा यो मुख्य कारण हो

दोस्रो कारण तस्करी (अबैध व्यापार) पनि हो नाका छलेर तस्करी गतिविधि बढ्दा भन्सारमा राजस्व तिरेर सामान आयात निर्यात गर्न आउनेको संख्या घट्छ

पछिल्लो समय काँकरभिट्टाको उत्तरी दक्षिणी विभिन्न गौडाहरुबाट ठूलो मात्रामा अबैध व्यापार फस्टाइरहेको चर्चा सुनिन्छ

गत महिना नक्कलबन्दा छोटी भन्सार नजिकै मेची सीमामा सशस्त्र प्रहरीबीच नै कुटाकुटको घटना भएको थियो अबैध मालसामान छाडेको निहुँमा त्यहाँ ड्युटीमा रहेका सशस्त्र प्रहरीबीच कुटाकुट भएको समाचार बाहिरिएको थियो

कतिपय ठूला व्यावसायिक घरानाले विभिन्न तरिकाले मूल भन्सारबाटै राजस्वमा हानी नोक्सानी पुर्याई भारतबाट मालसामान ल्याउने गरेको पाइएको केही त्यस्ता घटनामा सुरक्षाकर्मी, भन्सार, राजस्व अनुसन्धान लगायतका निकायले कारोवारीलाई समातेको पनि पाइएको  

अर्को कारण चाहिँ पेट्रोलियम पदार्थको सुपारीको आयात घट्नु पनि हो

तेस्रो मुलुकबाट टनका टन सुपारी मेची भन्सार भएर आयात हुँदा राजस्व उकालो लाग्ने गरेको थियो अहिले सुपारीको आयात शुन्य अवस्थामा पेट्रोलियम पदार्थको आयात पनि निकै घटेको भन्सार अधिकारीहरु बताउँछन्

तीन वर्षदेखि राजस्व घट्दै

मेची भन्सार कार्यालयको राजस्व असुली बिगत तीन वर्षदेखि ओरालो लागिरहेको

आर्थिक वर्ष २०७८/०७९ मा १७ अर्ब ५३ करोड १९ लाख २८ हजार रुपैयाँ राजस्व उठाएको मेची भन्सारले आव २०७७/०७८ मा १८ अर्ब ६९ करोड ९२ लाख ६४ हजार रुपैयाँ राजस्व असुली गरेको थियो