४ जेठ २०८१, शुक्रवार

नसोधी झिकेको रकम सदस्यकै खातामा फर्काइदिने निर्णय

२ साउन २०८०, मङ्गलवार
Image

मेचीनगर, २ साउन । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)ले सदस्यको खाताबाट कल्याणकारी कोषका लागि भन्दै नसोधी झिकेको रकम फिर्ता गरिदिने भएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले आज साँझ एक प्रेस विज्ञप्ति जारी गरी उक्त जानकारी दिनु भएको हो ।

एनएमसीले केही दिन यता आफ्ना सबै एक लाख ५० हजार सदस्यको खाताबाट रु. ७०० विवादास्पद कल्याणकारी कोषमा योगदान स्वरुप झिकेको जानकारी गराएपछि सदस्यहरु असन्तुष्ट भएका थिए ।

कतिपय असन्तुष्ट सदस्यले सोमवार र मंगलवार प्रधान कार्यालय नै गएर नसोधी झिकेको रकम फिर्ता मागेका थिए ।

सदस्यहरु, सामाजिक सञ्जाल र आम सञ्चारमाध्यमहरुमा एनएमसीको जवर्जस्त कार्य बारे आलोचना भएपछि आज संस्थाले उक्त विवादास्पद कल्याणकारी कोष नै स्थगन गरेको जनाएको छ ।

उप्रेतीले उक्त कोष बारेमा भविष्यमा सदस्यहरुसँग आवश्यक छलफल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।