२० वैशाख २०८१, बिहिवार

अहिले भर्खरै

साढे २४ करोड ठगेर भागेका गौरादहका सुन व्यवसायी पक्राउ

४ साउन २०८०, बिहिवार
Image

झापा, ४ असार । गौरादहबासीको करोडौं रकम ठगी गरेर भागेका वडा नं. १ का सुनचाँदी व्यवसायी सोम विश्वकर्मा पक्राउ परेका छन् ।

गत महिना वडाध्यक्ष नगेन्द्र भण्डारीको मेसेन्जरमा आथिक समस्यामा परेको कारण आफु फरार भएको र खोजतलास नगर्नुहोला भन्ने सन्देश पठाएर भागेका विश्वकर्मालाई आज प्रहरीले पक्राउ गरेको हो ।

गौरादहका ४६६ जनाको २४ करोड ६५ लाख ३ सय ५५ रुपैयाँ हिनामिना गरेर उनी फरार भएका थिए । उनीविरुद्ध इलाका प्रहरी कार्यालय दमकमा पीडितहरुले ठगी मुद्धा दर्ता गरिसकेको वडाध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

विश्वकर्मा पक्राउ परेको आधिकारिक जानकारी प्रहरीले दिएको छैन । स्रोतका अनुसार उनलाई पक्राउ गरेपछि पूर्वीनाका काँकरभिट्टास्थित इलाका प्रहरी कार्यालयमा राखिएको थियो । त्यहाँबाट दमक लैजाने बताइएको छ ।

उनलाई भारतबाट पक्रेर ल्याइएको हो कि उनी आफै सीमावर्ती प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न आएका हुन् भन्ने पुष्टि हुन बाँकी छ ।