२० वैशाख २०८१, बिहिवार

सिक्किममा संगीत शिरोमणि अम्बरको शालिक बन्दै

८ साउन २०८०, सोमवार
Image

झापा, ८ साउन । अमेरिकाको लभ एन्ड सपोर्ट फाउन्डेसनको सहयोगमा भारतको सिक्किममा नेपाली संगीतका शिखरपुरुष अम्बर गुरुङको शालिक निर्माण भइरहेको छ । 

आउँदो नोभेम्बरमा निर्माण सकेर अनावरण गरिने जनाइएको छ भने अनावरण अवसरमा गायिका शान्ति ठटाल, वरिष्ठ गायकद्वय दिप श्रेष्ठ र प्रताप सुब्बालाई जनही नगद रु. ५१ हजारसाथ सम्मानित पनि गरिने भएको छ ।

शालिक भारु. सात लाख खर्चमा निर्माण गर्न लागिएको लभ एन्ड सपोर्ट फाउन्डेसन नेपालका सचिब आनन्द राईले बताउनु भएको छ ।

शालिक सिक्किमको सौरनी टिङलिङ भ्यु पोइन्टमा निर्माण भइरहेको छ । शालिक अनारवरणका लागि अमेरिकाबाट फाउन्डेसनका अध्यक्ष मनोज राई सिक्किम जाने पनि राईले बताउनु भयो ।

अमेरिकाको नर्थ क्यारोलेनामा मुख्य कार्यालय रहेको फाउन्डेसनले नेपाली संगीतको उत्थान तथा परोपकारको क्षेत्रमा कार्य गर्दै आएको छ ।

-गोपाल गड्तौलाबाट