२० वैशाख २०८१, बिहिवार

निर्यातको ‘टप फोर’मा पर्यो अलैची

८ साउन २०८०, सोमवार
Image

झापा, ८ साउन । नेपालले निर्यात गर्ने बस्तुको सूचीमा अलैची चौथो स्थानमा रहेको भन्सार विभागले जनाएको छ ।

विभागले जनाए अनुसार आव २०७९/०८० मा नेपालले आठ अर्ब २७ करोड रुपैयाँको अलैंची निर्यात गरेको छ ।

नेपालले निर्यात गर्ने वस्तुमा पहिलो सूचीमा कार्पेट रहेको छ । जो उक्त अवधिमा ११ अर्ब ५० करोड रुपैयाँ मूल्यको निर्यात भएको थियो ।

दोस्रोमा रिफायन पाम तेल र तेस्रोमा सोयाबिन तेल रहेको छ । चौथोमा अलैची हो ।

अलैचीको अधिकांश मात्रा पूर्वी नाका काँकरभिट्टा भएर निर्यात हुने गरेको छ । मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार आर्थिक बर्ष २०७९/०८० मा काँकरभिट्टा भन्सार भएर आठ अर्ब २४ करोड १५ लाख १३ हजार मूल्य बराबरको ९९ लाख ३१ हजार ५०४ केजी अलैची भारत निकासी भएको छ ।

गत आवको तुलनामा आर्थिक बर्ष २०७९/०८० मा अलैचीको निर्यात ४२ प्रतिशतले वृद्धि भएको हो ।