१६ वैशाख २०८१, आइतवार

तरकारी तथा फलफूल विषादी नजाँची विक्री हुँदै आएकोमा आपत्ति

१४ साउन २०८०, आइतवार
Image

झापा, १४ साउन । उपभोक्ता जागरण अभियान झापाले तरकारी तथा फलफूलको विषादी अवशेष परीक्षण नभई बजारमा विक्री वितरण हुने गरेको भन्दै आपत्ति जनाएको छ ।

अभियानका झापा अध्यक्ष मोहन काजी र सचिव विशाल थापाले आज जारी गर्नु भएको विज्ञप्तिमा विषादी नजाँची बजारमा तरकारी तथा फलफूल विक्री हुँदा आम उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परिरहेको समेत उल्लेख गरिएको छ ।

अभियानले भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी जाँच भन्सार विन्दुमै गर्न र स्थानीय उत्पादनको जाँच विर्तामोडको कृषि थोक बजारमा रहेको विषादी अवशेष परीक्षण प्रयोगशालामा गर्न माग गरेको छ ।

हाल कृषि थोकमा रहेको प्रयोगशालालाई व्यवस्थित रुपमा सञ्चालन गरिएको छैन भने भन्सारबाट भित्रिने तरकारी तथा फलफूलको परीक्षण भरपर्दो ढंगले हुने गरेको छैन ।