२४ वैशाख २०८१, सोमवार

चारआलीमा गाडीसहित एघार लाखको सुपारी बरामद

१७ साउन २०८०, बुधवार
Image

झापा, १७ साउन । प्रहरीले बिल नभएको लाखौं मूल्यको सुपारीसहित एउटा पिकअप भ्यानलाई चारआलीमा नियन्त्रणमा लिएको छ ।

सुपारी बोकेको को१च ८९६७ नं. को पिकअप भ्यान र त्यसमा रहेको १० लाख ८३ हजार रुपैयाँ मूल्य बराबरको ६१ बोरा सुपारी आज विहान पश्चिमबाट पूर्वतर्फ जाँदै गर्दा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनुभयो ।

नियन्त्रणमा लिइएको गाडीको मूल्य पाँच लाख मूल्य कामय गरिएको र सुपारीसहित गाडीलाई राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको उहाँले जानकारी दिनुभयो ।