२५ वैशाख २०८१, मङ्गलवार

पाँचथर र ताप्लेजुङका दुई ठेकेदार कालोसूचीमा

२२ साउन २०८०, सोमवार
Image

झापा, २२ साउन । सरकारले काममा लापरवाही गर्ने पाँचथर र ताप्लेजुङका दुई निर्माण व्यवसायी कम्पनीलाई कालो सूचीमा राखेर कार्वाही चलाएको छ ।

कार्वाहीमा परेका कम्पनीमा पाँचथरको फिदिम–१ स्थित बुढाथोकी निर्माण सेवा प्रालि र ताप्लेजुङको माबोहाङ निर्माण सेवा प्रालि रहेका छन् ।

बुढाथोकी निर्माण सेवाका सञ्चालक बबिन्द्रविक्रम बुढाथोकी हुन् भने माबोहाङ निर्माण सेवाका सञ्चालक शेरबहादुर लिम्बु रहेका छन् । 

सरकारले बुढाथोकीलाई एक वर्ष र माबोहाङलाई डेढ वर्ष कुनै ठेक्का पट्टा सम्बन्धी काम गर्न नपाउने गरी बन्देज लगाएको जनाएको छ । 

सडक डिभिजन कार्यालय इलामको सिफारिसमा दुबै कम्पनीलाई कार्वाही गरिएको हो । यी कम्पनीले झापा, इलाममा, पाँचथर र ताप्लेजुङमा थुप्रै निर्माण आयोजना ठेक्कामा लिएर तोकिएको अवधिमा पूरा गरेको छैनन् ।