२५ वैशाख २०८१, मङ्गलवार

मेचीनगर महिला बचत समूहको अध्यक्षमा पवित्रा

२७ साउन २०८०, शनिवार
Image

झापा, २७ साउन । मेचीनगर महिला बचत समूहको अध्यक्षमा धुलाबारी निवासी पवित्रा न्यौपाने सर्वसम्मत चयन हुनुभएको छ ।

नियमित बचत गरेर आपसी गर्जो टार्नका लागि ‘समूह बचत कार्यक्रम’ सञ्चालन गर्दै आएको यो संस्थाको आज रोयल निर्वाण होटलमा भएको साधारणसभाले न्यौपानेलाई अध्यक्ष चुनेको निर्वाचन समितिकी सदस्य कुसुम कोइरालाले बताउनुभयो ।

उहाँका अनुसार समूहको उपाध्यक्षमा विजया दाहाल, सचिवमा उर्मिला पौडेल, सहसचिवमा इन्दिरा अधिकारी, कोषाध्यक्षमा चन्दा चुडाल र सदस्यमा शकुन्तला अधिकारी, गीता थापा र सन्ध्या भण्डारी चयन हुनुभएको छ ।

लेखा संयोजकमा खिल तिम्सिना, सहसंयोजकमा जानुका कटुवाल, सदस्यमा डिल्लीमाया प्रधान, सिर्जना खड्का र विमला थाम्सुहाङ चयन हुनुभएको छ ।

यस अघि समूहको अध्यक्ष उमा पाण्डे हुनुहुन्थ्यो । आजै नवनिर्वाचित अध्यक्षलाई निवत्र्तमान अध्यक्षले पद हस्तान्तरण गर्नु भएको छ ।

नयाँ कार्य समिति चयनका लागि पत्रकार अम्बिका भण्डारीको संयोजकत्वमा कुसुम कोइराला सदस्य रहनु भएको निर्वाचन समिति गठन गरिएको थियो ।

साधारणसभा आर्थिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरिएको थियो भने आगामी कार्ययोजना बारे छलफल भएको थियो ।