२७ वैशाख २०८१, बिहिवार

विद्यार्थीलाई हाजिर गराउने नयाँ शैली

१६ भदौ २०८०, शनिवार
Image

झापा, १६ भदौ । विद्यालयको कक्षा कोठामा शिक्षकले गर्ने विद्यार्थीको हाजिरी कसरी रोचक वनाउने रु यो विषय शिक्षक शिक्षिकाको लागि सधै चासोको विषय हुने गरेको छ । विद्यालयमा हरेक कक्षामा विहान र छुट्टिहुने वेलामा हाजिरी लिने गरिन्छ, यो सबैलाई थाहा भएको विषय हो ।

सामान्यता हाजिरी गर्दा उनीहरुको क्रमाङ्क एक देखि क्रमश उच्चारण गरिन्छ र विद्यार्थीले ‘एस सर’ वा ‘एस मेम’ भनेर हाजिरी जनाउँने परम्परा छ । तर, सँधै एउटै प्रकृयाबाट मात्र हाजिरी लिँदा यो विषयले न त शिक्षकलाई रुचिको विषय बन्यो, नत विद्यार्थीलाई नै ।  

झापा जिल्लाको शिवसताक्षी नगरपालिकाको एउटा सामुदादायिक विद्यालयले भने विद्यार्थीको हाजिरी गर्ने शैली ने परिवर्तन गरेको छ । हाजिरी गर्ने नयाँ शैलीलाई शिक्षकले सिकाईकै रुपमा परिणत गरेका छन् । 

राष्ट्रिय रमणीय आदर्श माद्यमिक विद्यालय दुधेमा पहिलो घण्टीमा वर्ग शिक्षकले आफ्ना विद्यार्थीहरुलाई ‘यस सर’ अथवा ‘प्रेजेन्ट सर’  भन्नुको सट्टा सम्बन्धित बिषयसंग सम्बन्धित शब्दहरु भन्न लगाउने नयाँ अभ्यासको थालनी गरेको छ ।

कक्षा ८ को ‘सेक्सन’ (ख) मा सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा बिषयका शिक्षक गोबिन्द काफ्लेले ४९ जना बिद्यार्थीहरुलाई नेपालको संविधान भाग १ ,२ र ३ अन्तर्गत पर्ने संविधानका धाराहरु भन्न लगाएर हाजिर गर्न शुरु गरेका छन् । उनले ३ महिना देखि यसरी हाजिर गराउदै आएका हुन् ।

शिक्षकले रोल नम्बर २२ भन्नुभयो भने भाग ३ को  मौलिक हक र कर्तव्य सम्बन्धी गरिएको व्यवस्था अनुसार संविधानको धारा २२ मा भएको विद्यार्थीले यातना विरुद्धको हक भनेर हाजिर जनाउनु पर्छ,’ रोल नम्बर १ का विद्यार्थी शन्देश बरालले भने । ‘महिले चै भाग ३ को सम्मानपूर्वक वाच्न पाउने हक भनेर हाजिर जनाउँछु ।’ उनका अनुसार कुन भागको कुन धारामा के व्यवस्था छ भन्ने कुरा कक्षा कोठाका सबै विद्यार्थीलाई थाहा हुन्छ ।

संविधानको धारा विद्यार्थीले हाजिरमै सिके पछि शिक्षक काफ्लेले जिल्लाको नाम, नदीको नाम, बनस्पतिको नाम,, कपडा, बस्त्रको नाम, धार्मिक स्थलको नाम भन्न लगाएर हाजिर गर्ने गरेको विद्यालयका प्रधानाध्यापक लालमणी सुवेदीले बताए । 

उनले भने, ‘गोविन्द सरको हाजिर गर्ने शैलि सफल भएपछि कक्षा ७ कि वर्ग शिक्षक मोनिका मोक्तानले पनि बिज्ञान बिषयको ‘एलिमेन्ट’ हरुको नाम उच्चारण गरेर हाजिर गर्न सुरु गर्नुभएको छ ।’ कक्षा ७ कै अर्को ‘सेक्सनकी वर्ग शिक्षक पिङ्की बस्नेतले कम्प्युटर बिषयको प्राविधिक शब्दहरुको उच्चारण गर्न लगाएर हाजिर गर्न सुरु गर्नु भएको प्रधानाध्यापक सुवेदीले बताए ।

यो विधि नयाँ भएकोले विद्यार्थीहरुले पनि रुचिका साथ उच्चारण गरेको शिक्षक काफ्लेले बताए । उनले भने, ‘शब्द भण्डार तथा याद गर्नै पर्ने शब्दहरु विद्यार्थीलाई याद गर्न यो विधिले सजिलो भएकोे छ ।’ 

अहिले यी ३ वटा कक्षाको हाजिर गर्ने शैलिको अनुकरण अन्य कक्षामा पनि बढ्दै गएको छ । एलकेजी, युकेजी, एक र दुई कक्षामा समेत प्रयोग हुन थालेको शिक्षकले बताए । उनिहरुले भने, ‘ प्रि प्राइमरी लेभलमा बढी प्रभावकारी भएको विद्यालयले जनाएको छ ।

हाजिर गर्दा शिक्षकले रोल नम्बर बोलाउदा बिद्यार्थीलाई क, ख , ग भन्न लगाउने या अ, आ, इ , ई. भन्न लगाउने, ए, बि, सी, डी भन्न लगाउने, शरीरका अङ्गको नाम भन्न लगाउने, फलफूलको नाम भन्न लगाउने , बार र महिनाको नाम भन्न लगाउने गर्नाले सानै उमेरमा आधारभुत कुराको ज्ञान बालबालिकामा हुन थालेको अविभावकले बताएका छन् ।