२० वैशाख २०८१, बिहिवार

अभिलाषा ‘टप टेन’ छनौट, अहिले ‘ग्रान्ड फिनाले’ जारी

२३ भदौ २०८०, शनिवार
Image

झापा, २३ भदौ । झापाकी अभिलाषा लम्साल मिस युनिभर्स नेपाल प्रतियोगिताको टप टेनमा छनौट हुनु भएको छ ।

उमंग क्रियसन प्रालिले आयोजना गरेको सो प्रतियोगिताको ग्रान्ड फिनाले आज अपराह्न पाँच बजेदेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण भइरहेको छ ।

प्रतियोगितमा २२ जनाले भाग लिएका छन् । जसमध्ये अभिलाषाले उत्कृष्ट दशौंभित्र आफ्नो स्थान सुरक्षित गर्नुभएको हो ।

अब उहाँले टप फाइन र टप थ्री हुँदै बिजेताको दौडमा सामेल हुने अवसर पाउनु भएको छ । 

मेचीनगर–६ काँकरभिट्टाकी अर्जुन लम्साल र जयन्ती लम्सालकी छोरी अभिलाषा कराते प्रशिक्षक पनि हुनुहुन्छ ।