२५ वैशाख २०८१, मङ्गलवार

सहज महिला सहकारीको अध्यक्षमा शारदा शर्मा सर्वसम्मत

२३ भदौ २०८०, शनिवार
Image

धुलाबारी, २३ भदौ । सहज महिला सम्बृद्धि बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष पदमा आगामी चार वर्षे कार्यकालका लागि शारदा शर्मा सर्वसम्मत चयन हुनुभएको छ ।

संस्थाको दशौं वार्षिक साधारणसभाबाट आज शर्माको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति र तीन सदस्यीय लेखा समिति चयन भएको हो ।

कार्य समितिको उपाध्यक्षमा सीता घिमिरे र सदस्यमा शान्ति गुरुङ, भीमकला खरेल, प्रमिला बिक, कृष्णमैया केसी, शोभा खवास, निर्मला पौडेल र अम्बिका पौडेल सर्वसम्मत चयन हुनुभएको छ ।

लेखा तथा सुपरीवेक्षण समितिको संयोजकमा रमा भट्टराई र सदस्यमा दीपक शिवाकोटी र कविता शर्मा रहनु भएको छ ।

साधारणसभाबाट समिति चयन गर्नका लागि गठित निर्वाचन समितिको संयोजकमा जिल्ला सहकारी संघका पूर्व अध्यक्ष हरिचरण बानियाँ हुनुहुन्थ्यो ।  

स्मारिका विमोचन

संस्थाको १० औं बार्षिक साधारणसभामा १० बर्षको अवधिमा सहकारीले गरेका गतिविधिलाई समेटेर पहिलोपटक प्रकाशित स्मारिकाको विमोचन गरिएको छ । 

स्मारिकाको विमोचन जिल्ला सहकारी संघ झापाका पूर्व अध्यक्ष हरिचरण बानियाँ र महालक्ष्मी कृषि सहकारी संस्थाकी अध्यक्ष दुर्गा खतिवडाले संयुक्त रुपमा गर्नुभएको थियो । 

ग्रामीण क्षेत्रका ३१ जना महिलालाई समेटेर स्थापना गरेको सहकारीमा हाल १५८ जना शेयर सदस्य सदस्य रहेको संस्थाकी अध्यक्ष शारदा शर्माले प्रस्तुत गरेको प्रतिबेदनमा उल्लेख छ । उहाँले आर्थिक बर्ष २०७९/०८० मा संस्थाको शेयरपूँजी ३३ लाख ८९ हजार रहेको जानकारी दिनुभयो । 

“व्यावसायिक उत्पादन, समूहको मेल, हरेकको भान्सामा शुद्ध तोरीको तेल” भन्ने नारासहित संस्थाले सहज सहकारी उद्योग समेत सञ्चालनमा ल्याएको छ । आफ्ना सदस्य र समुदायमा संस्थाले शुद्ध तोरीको तेल विक्री वितरण गरिरहेको छ । 

कार्यक्रममा प्रमुख अतिथि हरिचरण बानियाँ, महालक्ष्मी कृषि सहकारी संस्थाकी अध्यक्ष दुर्गा खतिवडालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।