२५ वैशाख २०८१, मङ्गलवार

आठ लाख नाघे वर्ल्डलिङ्कका इन्टरनेट

२४ भदौ २०८०, आइतवार
Image

झापा, २४ भदौ । आफ्ना ग्राहकको संख्या आठ लाख पुर्याएर वर्ल्डलिङ्क कम्युनिकेसन्स मुलुकको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी बनेको छ ।

कम्पनीले आज सामाजिक सञ्जालमा इन्टरनेटका ग्राहक आठ लाख नाघेको सहर्ष जानकारी दिएको छ । 

यो कम्पनी २८ वर्षअघि स्थापना भएको हो । स्थापनादेखि नै कम्पनीले नेपालमा सुलभ र गुणस्तरीय इन्टरनेट सुविधा उपलब्ध गराउँदै आएको छ ।

आठ लाख घरधुरीमा इन्टरनेट पुगेको अवसरमा कम्पनीले सामाजिक सञ्जालमार्फत सम्पूर्ण ग्राहक, कर्मचारी र शुभचिन्तकप्रति आभार प्रकट गरेको छ ।

‘सबैलाई जहाँ पनि सधैं जोड्ने’ नारासहित डिजिटल नेपालको भविष्य सुनौलो बनाउन निरन्तर लागि परेको कम्पनीको भनाई छ ।

कम्पनीले आफ्नो इन्टरनेट सेवा सातै प्रदेशका ७३ जिल्लामा विस्तार गरिसकेको छ । अब बाँकी रहेका दार्चुला, बैतडी, मनाङ र मुस्ताङमा पनि चाँडै इन्टरनेट सेवा पुर्याउने योजना रहेकोे कम्पनीले जनाएको छ ।

हाल कम्पनीले २००, २५०, ३०० एमबीपीएस लगायतका अन्य गतिका इन्टरनेट सेवा दिइरहेको छ ।