१२ साउन २०८१, शनिवार

उदयपुरको रामपुर बजारमा एक्सेल बैंकको शाखा

३१ भदौ २०८०, आइतवार
Image

विर्तामोड, ३१ भदौ । एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडले उदयपुर जिल्लाको बेलका नगरपालिकामा ४५ औं शाखा स्थापना गरेको छ । 

सर्वसाधारण जनतालाई वैकिङ्ग पहु‘च पुर्याउने उद्देश्यले बडा नं ९ अन्तर्गत रामपुर बजारमा स्थापना गरिएको शाखाको आइतबार औपचारिक रुपमा उद्घाटन गरिएको छ । पालिका प्रमुख अशोक कार्कीले शाखाको उद्घाटन गर्नुभएको छ । 

आर्थिक र व्यापारिक दृष्टिकोणले तिब्र विस्तार हुँदै गएको रामपुर बजारमा ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप योजनामार्फत रकम जम्मा गर्न सक्ने साथै आफ्नो आवश्यकता वमोजिम आवास, सवारीसाधन, व्यक्तिगत, व्यापारिक लगायत कर्जालगायत अन्य थुपै सुविधा लिन सक्ने एक्सेल डेभलपमेन्ट बैंकका संस्थापक डा. रुपक प्रसाद खनालले बताउनुभयो । 

वैंकको हालसम्म कर्जा लगानीमा करिब रु १० अर्व ८० करोड रहेको छ भने निक्षेप संकलन रु १३ अर्व ७१ करोड गरेको छ । झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम, मोरंग, पॉचथर, सुनसरी र उदयपुरका विभिन्न शाखाहरु रहेको उहाँको भनाई छ । 

बैंकका सहायक महाप्रबन्धक अशोक क्षेत्रीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा बैंकको गतिविधिहरुका बारेमा प्रमुख कार्यकारी अधिकृत डा. ईन्द्रकुमार कट्टेलले प्रकाश पार्नु भएको थियो । 

कार्यक्रममा स्थानीय समाजसेवी देवनारायण चौधरी, उद्योग वाणिज्य संघ बेलका नगरपालिकाका वरिष्ठ उपाध्यक्ष तीर्थ पराजुली लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । 

सोही कार्यक्रममा रामपुर बजारको सरसफाईमा सहयोग पु¥याउने हेतुले वैंकबाट ११ थान डष्टविन र स्थानीय २५ जना सवारी चालकहरुलाई रिफ्लेक्टिभ ट्राफिक ज्याकेट उपलव्ध गराइएको थियो ।