२१ वैशाख २०८१, शुक्रवार

एकीकृत समाजबादीको मेची–महाकाली जागरण अभियानको तयारी पूरा

१३ असोज २०८०, शनिवार
Image

धुलाबारी, १३ असोज । नेकपा (एकीकृत समाजबादी) पार्टीले सुरु गरेको मेची–महाकाली जागरण अभियानको तयारी पूरा भएको छ । अभियानमा सहभागी हुन केन्द्रीय नेताहरु समेत शनिवार नै काँकरभिट्टा आइपुगेका छन् । 

समाजबादीले आइतबार मेची नदीबाट विशेष कार्यक्रमको अभियानको सुरुवात गर्ने भएको छ । अभियानमा सहभागी हुन पार्टीका केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतसहित केन्द्रीय उपमहासचिव जगन्नाथ खतिवडा, डा. विजय पौडेल, तथा पोलिटव्युरो सदस्य र केन्द्रीय सदस्यको टोली शनिबार काँकरभिट्टा आइपुगेको हो ।

अभियानको उद्घाटन गर्न पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपाल, पार्टीका सम्मानित नेता झलनाथ खनाल, पार्टीका केन्द्रीय नेता तथा मन्त्री बेदुराम भुसाल, प्रकाश ज्वाला, पार्टीका महासचिव घनश्याम भुसाललगायतका नेता आइतबार आइपुग्ने पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

अभियान उद्घाटनको पूर्वसन्ध्यामा शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतले युवालाई स्वरोजगार बनाउँदै सुशासन कायम गर्न अभियान सुरुवात गरिएको बताए । उनले पार्टीको नीति बुझाउन जनतासँगै हातेमालो गरेर अघि बढ्ने बताउनुभयो । 

असोज १४ गते काँकरभिट्टाबाट सुरु हुने जागरण अभियान असोज २८ गते सुर्खेतमा पुगेर समापन हुनेछ । त्यसपछि दोश्रो चरण अन्तरगतको अभियान तराईदेखि पहाडसम्म सञ्चालन गरिने पार्टीले बताएको छ ।

पार्टीका केन्द्रीय उपमहासचिव जगन्नाथ खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा भएको थियो ।