१९ वैशाख २०८१, बुधवार

एमालेको कोशी प्रदेश हाँक्ने यस्तो चुनियो नेतृत्व

१७ असोज २०८०, बुधवार
Image

झापा, १७ असोज । नेकपा एमाले कोशी प्रदेश कमिटीको नयाँ कार्य समिति निर्वाचित भएको छ ।

नयाँ नेतृत्व चयनका लागि केही पदमा सर्वसम्मत भए तापनि अधिकांश पदमा निर्वाचन भएको थियो ।

अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित हुनु भएको छ भने उपाध्यक्षमा टिकाराम चेम्जोङ, सचिवमा राजकुमार भण्डारी, उपसविचव दुई जनामा जलवर्षा राजबंशी र देवान राई निर्वाचित हुनु भएको छ ।

यसैगरी, खुला भूगोलतर्फ झापाबाट गणेश पोखरेल, एकराज कार्की, बसन्त बानियाँ, देबकुमार राई, घनश्याम अधिकारी, सोमनाथ पोर्तेल, होमबहादुर थापा, राजकुमार थापा, गजेन्द्र ताम्ली, सन्तलाल मेचे, बेनु शिवाकोटी, अमर शिवाकोटी, अम्बिका खनाल, चन्द्र शेर्मा, लक्ष्मी राई, कुमार भुजेल, उमेश डालमिया र लोकबहादुर धिमाल निर्वाचित हुनुभएको छ ।

यसैगरी, महिला भूगोलतर्फ, पवित्रा महतरा, मञ्जु प्रसाई, सुमित्रा भण्डारी, मीरा भूर्तेल, निर्मला पाठक, कमला थापा मगर, कमला आचार्य र इन्दिरा बस्नेत निर्वाचित हुनुभयो ।

दलिततर्फ, मोहन विक र भोला परियार निर्वाचत हुनुभएको छ । मजदुरतर्फ, निर्मला परियार, युवातर्फ अनिता कन्दङ्वा, नीता घतानी, सुमन नेम्वाङ, सुशिल राई चयन हुनुभएको छ ।