२० वैशाख २०८१, बिहिवार

कोशीमा मध्यावधि रोक्न नयाँ सरकार बनाउने कसरत

२० असोज २०८०, शनिवार
Image

झापा, २० असोज । कोशी प्रदेशका प्रदेश प्रमुखले १६८ (५) अन्तरगत कोशी प्रदेशमा सरकार गठनको आह्वान गरेका छन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि पाँच दिनको समय दिएर सरकार गठनको आव्हान गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा (५) अनुसार नयाँ सरकार गठनको लागि आव्हान गर्दै प्रदेश प्रमुख खापुङले उक्त समय दिएका हुन् ।

अब बहुमत पुर्याउन सक्ने प्रदेश सांसद्ले मुख्यमन्त्री नियुक्तिका लागि दावी पेश गर्न सक्छन् । मिडियामार्फत नेकपा माओबादीका नेता इन्द्र आंगबो, नेपाली कांग्रेसका नेता उद्धव थापा र राप्रपाका नेता भक्ति सिटौलाले मुख्यमन्त्रीको दावी गरेका छन् ।