२४ वैशाख २०८१, सोमवार

सहकारी

सहाराले दियो १५२ जना सदस्यलाई वृद्वभत्ता

२१ असोज २०८०, आइतवार
Image

मेचीनगर, २१असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २७ औँ एकाई साधारण सभाको अवसरमा दशैँको मुखमा सदस्यहरुलाई वार्षिक सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

आज संस्थाले धुलाबारी स्थित अतिथि सदनमा आयोजना गरेको एकाई साधारण सभामा १५२ जना सदस्यहरुलाई कुल एघार लाख ८७ हजार वितरण गरेको हो ।

सदस्य पोषण भत्ताबाट एकल महिलालाई जनहि ८ हजार, ६६ देखि ७० वर्षका ज्येष्ठ नागरिकलाई ६ हजार, ७१ देखि ८० वर्षका ज्येष्ठ नागरिकलाई ८ हजार र ८१ देखि ८५ वर्षका सदस्यहरुलाई जनहि १० हजार, ८६ वर्ष माथिकालाई जनहि २५ हजारका दरले वार्षिक सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियो ।

मेचीनगर नगरपालिका–९ का वडाध्यक्ष कञ्चनकुमार तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा धुलाबारी सेवा कार्यालयका पूर्व परामर्स समितिका संयोजक हरिचरण बानियाँ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाका केन्द्रीय कोषाध्यक्ष डम्बरबहादुर देउजाको अध्यक्षता रहेको थियो । उनले अध्यक्षको प्रतिवेदन र नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 

त्यस्तै सेवा कार्यालयका सदस्य चन्द्रमणि पौडेलले आ.व. २०७९÷८० को लेखा परीक्षण, सदस्य गुहेश्वारी कार्कीले लेखा सुपरविेक्षण र उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारण सभामा करिव ८ सय जना सदस्यको सहभागिता रहेको कार्यक्रममा माइन्युट प्रमाणिकरण समेत गरिएको सेवा कार्यालयका संयोजक भगिरथ शर्मा सुवेदीले बताए ।

कार्यक्रमको सञ्चालन सेवा कार्यालयका प्रमुख अरुण श्रेष्ठ र सदस्य गोपाल वस्नेतले संयुक्त रुपमा गरेका थिए ।