२१ वैशाख २०८१, शुक्रवार

मुख्यमन्त्रीमा दुई दावी : आङ्बोलाई गठबन्धन र कार्कीलाई एमालेको साथ

२५ असोज २०८०, बिहिवार
Image

झापा, २५ असोज । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले दाबी पेश गर्नु भएको छ । 

बिहीबार साँझ कोशी प्रदेशसभामा रहेका सत्तारुढ गठबन्धन दलका प्रदेशसभा सदस्यहरुको समर्थनमा उहाँहरु दुबैले अलग अलग दावी प्रदेश प्रमुखको कार्यालयमा बुझाउनु भएको हो ।

आङ्बोलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संसदीय दलको समर्थन रहेको बताइएको छ ।

तर, नेपाली कांग्रेसका नेता केदार कार्कीले नेकपा एमालेको समर्थनमा दावी गर्नु भएको हो । उहाँले कांग्रेसकै ८ र एमालेका ३९ सांसदको हस्ताक्षर बुझाउनु भएको छ । 

कार्कीले धारा ५ अन्तर्गत संसदीय दलको ह्वीप नलाग्ने भएको र पार्टीको संसदीय दलमा कुनै निर्णय नभएको हुँदा आफुले व्यक्तिगत रुपमा दावी गरेको बताउनुभयो ।