२७ वैशाख २०८१, बिहिवार

मुख्यमन्त्री कार्कीले पाउने भए दुई तिहाई विश्वास

१ कार्तिक २०८०, बुधवार
Image

झापा, १ कार्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दुई तिहाई सांसद्को विश्वासको मत पाउने भएका छन् । 

आजको प्रदेशसभा बैठकमा उहाँले विश्वासको मत माग्नु भएको हो । राप्रपाबाहेक सबैले उहाँलाई विश्वासको मत दिने भनेका छन् ।

९३ सदस्यीय प्रदेशसभामा कार्कीलाई राप्रपा बाहेकका दलले विश्वासको मत दिने निर्णय गरेका छन् । एमाले, कांग्रेस, माओबादी र जसपाको गरी उहाँले बढीमा ८६ मत पाउने सम्भावना छ ।