२० वैशाख २०८१, बिहिवार

कोशीका मुख्यमन्त्री कार्कीले पाए दुईतिहाइभन्दा बढी विश्वासको मत

१ कार्तिक २०८०, बुधवार
Image

झापा, १ कार्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । 

प्रदेशसभामा बुधबार भएको मतदानमा कार्कीको पक्षमा ८६ मत परेको छ भने विपक्षमा ५ मत मात्र खसेको छ ।

राप्रपा बाहेक प्रदेशसभामा भएका सबै दलले कार्कीलाई मत दिएका छन् । मतदानमा ९३ प्रदेशसभा सदस्यमध्ये ९१ जना सहभागी थिए ।