४ जेठ २०८१, शुक्रवार

इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव पारित

११ कार्तिक २०८०, शनिवार
Image

झापा, ११ कात्तिक । संयुक्त राष्ट्रसंघले इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव पारित गरेको छ ।

संयुक्त राष्ट्र संघको महासभाले गाजामा तत्काल दीगो ‘मानवीय युद्धविराम’को माग गर्दै प्रस्ताव पारित गरेको हो ।

युद्धविरामको पक्षमा नेपालसहित १२० देशले मतदान गरेका छन् । १४ देशले विपक्षमा मतदान गरेका छन् । ५४ देश भने मतदानमा सहभागी भएनन् ।

अमेरिकाको न्यूयोर्कमै बैठक बसेको थियो । बैठकबाट युद्ध विराम गर्ने प्रस्ताव पारित भए पनि इजरायलले भने अस्वीकार गरेको छ ।