४ जेठ २०८१, शुक्रवार

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार

१७ कार्तिक २०८०, शुक्रवार
Image

मोरङ, १७ कात्तिक । कोशी प्रदेशका प्रमुख परशुराम खापुङले नवनियुक्त मन्त्रीद्वय गणेशप्रसाद उप्रेती र कमलप्रसाद जवेगुलाई पद तथा गोपनीयताको शपथ  गराउनुभएको छ । 

मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा ९ वमोजिम उहाँहरूलाई प्रदेश प्रमुखले बिना विभागीय मन्त्री नियुक्त गर्नुभएको हो ।  

नवनियुक्त मन्त्री उप्रेति नेकपा माओवादी केन्द्र र जवेगु नेकपा एकीकृत समाजवादी का प्रदेशसभा सदस्य हुनुहुन्छ ।