२३ वैशाख २०८१, आइतवार

पत्रकार सन्तोष न्यौपाने र सहकारी अभियन्ता प्रधानांग पुरस्कृत

१८ कार्तिक २०८०, शनिवार
Image

विर्तामोड, १८ कात्तिक । पत्रकार सन्तोष न्यौपाने र सहकारी विज्ञ कैलाशभक्त प्रधानांग सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाबाट पुरस्कृत हुनुभएको छ ।

प्रधानांगले प्राप्त गर्नुभएको पुरस्कारको नगदराशी रु. एक लाख एक हजार र पत्रकार न्यौपानेले पाउनु भएको पुरस्कारको नगदराशी रु. २५ हजार रहेको छ ।

सभामुख देबराज घिमिरेले प्रधानांगलाई ‘राष्ट्रिय व्यक्तित्व पुरस्कार’ र पत्रकार सन्तोष न्यौपानेलाई उत्कृष्ट सहारा पत्रकारिता पुरस्कारबाट सम्मानित गर्नुभएको हो । 

पुरस्कृत पत्रकार न्यौपाने एभिन्यूज टेलिभिजनका झापा सम्बाददाता र साझा अनलाइनका सम्पादक हुनुहुन्छ ।

भक्तपुर निवासी प्रधानांगले नेपालको सहकारी आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याउनु भएको सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र गिरीले बताउनुभयो ।