२१ वैशाख २०८१, शुक्रवार

लोकार्पण भयो कल्पना ओलीको ‘जुरुक्क उठ्छ सडक’

१८ कार्तिक २०८०, शनिवार
Image

मेचीनगर, १८ कात्तिक । साहित्यकार कल्पना ओली सिटौलाको कविता कृति  ‘जुरुक्क उठ्छ सडक’को आज लोकार्पण भएको छ । 

सुसेली साहित्यिक परिवारको आयोजना र संस्थाका अध्यक्ष पुण्यप्रसाद  खरेलको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि प्रसिद्ध साहित्यकार कवि मिश्र वैजयन्ती हुनुहुन्थ्यो ।

लोकार्पण कार्यक्रममा वरिष्ठ अधिवक्ता लीला उदासी, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य मुनाराज शेर्मा, राष्ट्रिय सूचना आयोगका सदस्य कमला ओली, वरिष्ठ पत्रकार चन्द्र भण्डारी, मेची वहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुखद्वय उमानाथ ओली तथा कमल गुरागाईं, प्रलेस पूर्व केन्द्रीय सदस्य भवानी क्षेत्री लगायतको गरिमामय उपस्थिति रहेको थियो ।

अतिथिहरूबाट सामूहिक रूपमा कृतिको लोकार्पण भएपछि कृतिकार कल्पना ओलीको संक्षिप्त परिचय सहसचिव मदन अधिकारीले गराउनु भएको थियो भने कृतिको समीक्षात्मक चर्चा साहित्यकार समालोचक दामोदर ढुङ्गेलले गर्नुभयो । 

सो अवसरमा कविहरू केशव आचार्य, हरिप्रसाद नेउपाने, टीका भट्टराई नेपाल, जय भण्डारी, लक्ष्मी अच्युत ढुङ्गाना, मिना अधिकारी, जयप्रसाद आचार्य, पुण्य खरेल, पवन ढुङ्गेल, हरिनारायण भट्टराई, मायामितु नेउपाने, गीता सुवेदी नेपाल, नमूना निरौला दाहाल, सुनीता तामाङले कविता सुनाउनु भयो भने प्रमुख अतिथि मिश्र वैजयन्ती, विशिष्ट अतिथिहरू कमला ओली, लीला उदासी, मुनाराज शेर्मा, चन्द्र भण्डारी, कमल गुरागाईं, भवानी क्षेत्रीले स्रष्टा कल्पना ओलीलाई बधाई तथा शुभकामना मन्तव्य राख्नुभयो । 

स्रष्टा कल्पना ओलीले प्रमुख अतिथि मिश्र वैजयन्ती, कृतिका समीक्षात्मक चर्चाकार दामोदर ढुङ्गेल तथा कार्यक्रमका अध्यक्ष पुण्यप्रसाद खरेललाई दोसल्ला तथा ढाकाको टोपी पहिराएर सम्मान गर्नुभयो । 

कार्यक्रमको आखिरीमा सभाध्यक्ष पुण्यप्रसाद खरेलले कृतिकारलाई बधाई तथा शुभकामना सँगसँगै कार्यक्रम सफल पार्न उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत सबै अतिथिप्रति आभार तथा धन्यवाद व्यक्त गर्दै कार्यक्रम भव्यरूपमा सफल पार्न सबैको सहयोग पाएकोमा प्रसन्नता व्यक्त गर्दै सभाको समापन गर्नुभयो ।